४ कार्तिक २०८३, बुधबार

अब स्पष्टीकरणको प्रक्रिया अगाडि बढ्छ, माफी नमागे कारबाही पनि गरिन्छ : अध्यक्ष ओली

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हितविरुद्ध समानान्तर गतिविधि तथा भेलाका आयोजक अगुवाहरुलाई स्पष्टीकरणको प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले गल्ती गरेकाहरुले माफी नमागे कारबाहीको प्रक्रिया पनि अगाडि बढाउने स्पष्ट पारेका छन् । ‘सच्चिएर आत्मालोचना गरेर आएमात्र सोच्न सकिन्छ,’ ओलीले भने, ‘अन्यथा कारबाहीको प्रक्रिया अघि बढाइन्छ ।’

माधव नेपाल पक्षले गरेको राष्ट्रिय भेलालाई कम्युनिस्ट आन्दोलनको कलंक भन्दै ओलीले त्यस भेलाका आयोजक अगुवालाई स्पष्टिकरण सोधिने बताएका हुन् ।

‘नेतृत्वलाई खुइल्याउने र सरकारको बदनाम गराउने नियतले भएको उक्त भेला नगर्न मैले र महसचिवले निर्देशन दिँदादिँदै पनि कथित भेला गरिएको छ,’ ओलीले भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनको कलंकको रुपमा चिनिएको भेलाको आयोजक अगुवालाई कारबाही गरिने छ ।’