५ कार्तिक २०८३, बिहिबार

गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज मनाइँदै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवस आज मनाइँदैछ ।

स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेन लगायतका संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् ।

राणाशासनकै बेला विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गरेर राजनीतिमा होमिएका स्वर्गीय कोइराला पटक–पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।

२०५३ सालमा नेपाली कांग्रेसको सभापतिमा चुनिएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहेका थिए । उनको निधन २०६६ साल चैत ७ गते मण्डिखटारमा भएको थियो ।