
काठमाडौं, ७ चैत । औषधि व्यवस्था विभागले भारतको ‘कोभ्याक्सिन’लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
विभागले कोरोनाविरुद्धको खोप विकास गर्ने भारतकै अर्को कम्पनीको खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । भारतीय कम्पनी भारत बायो–एनटेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको विभागले बताएको छ ।
औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा हिजो शुक्रबार विभागले कोभ्याक्सिनलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो ।
नेपालमा कोरोनाविरुद्धको खोपको प्रयोगका लागि थप दुईवटा कम्पनी रुसको स्पुतनिक र चिनीयाँ कम्पनी सिनोभ्याक्सले निवेदन दिएका छन् । तर, त्यस विषयमा प्राविधिकि टोलीको अनुसन्धान जारी छ ।















प्रतिक्रिया