
काठमाडौं, ७ चैत । समानान्तर गतिविधि अघि बढाएको नेकपा एमालेको झलनाथ–माधव नेपाल पक्षले आज युवाहरूको राष्ट्रिय भेला आयोजना गर्दै छ ।
दुई दिने राष्ट्रिय कार्यकर्ता भेलापछि खनाल–नेपाल समूहले जनसंगठनको समानान्तर गतिविधि अघि बढाउने क्रममा युवा भेला आयोजना गर्न लागेको हो । यद्यपि, पार्टी संस्थापन पक्षले भने उक्त भेला पार्टी विधानविपरीत भएको भन्दै अनुशासन उल्लंघन गरेको ठहर गरेको छ ।
भेला आयोजक तथा भेलामा सहभागीहरुलाई समेत आत्मालोचना नगरे कारबाही प्रक्रिया अगाडि बढाउने चेतावती यसअघि नै दिइसकेको छ ।
युवा संघ नेपालको राष्ट्रिय सभागृहमा भेला बोलाइएको छ ।















प्रतिक्रिया