धनगढी, ७ चैत । कैलाली जिल्लामा कोइला बोकेको भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना भएको छ ।
टीकापुर नगरपालिका–४ स्थित टीकापुर–लम्की सडकखण्डमा यू पी ३१ ८१५९ नम्बरको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
कोइला ल्याएर खक्रौलाबाट टीकापुर आउँदै गरेको ट्रक शुक्रबार राति ८ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले बताएका छन ।















प्रतिक्रिया