काठमाडौं, ७ चैत । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
शुक्रबार राजधानीको हायात होलटमा आयोजित एक भब्य समारोहका बीच उक्त सम्मान गरेको हो ।
विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबलमा सहभागी हुन योग्य भएका आफ्ना अभिकर्ताहरूलाई सम्मान गरेको हो ।
कम्पनीले खादा, माला, प्रसंशा–पत्र सहित सो सम्मान गरेको हो । कम्पनीमा कार्यरत २३८ जना एमडीआरटी, २० जना कन्ट्रोल अफ दी टेबल र ९ जना टीओटी गरि २६७ जना अभिकर्ताहरू डीएमआरटीमा सहभागी हुन योग्य भएका छन् ।















प्रतिक्रिया