१३ कार्तिक २०८३, शुक्रबार

नेकपा एमालेमा २३५ जना व्यवसायीहरु प्रवेश

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ चैत । विभिन्न पार्टीबाट २ सय ३५ जना उद्योगी व्यवसायीहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स मारवाडी संघ लगायतका २ सय ३५ भन्दा बढी उद्योगी व्यवसायी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उद्योग व्यवसायीहरु र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल कार्यक्रममा उनीहरुले पार्टी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेमा नेपाल च्याम्बर अफ कमर्सका पूर्व उपाध्यक्ष किशोर प्रधान समेत रहेका छन् । त्यस्तै, व्यवसायीहरु सिताराम अग्रवाल, हितेश गोल्छा, कृष्ण प्रसाईँ आदि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।