१३ कार्तिक २०८३, शुक्रबार

उद्योगी व्यवसायीहरुद्वारा सरकारको खुलेर प्रशंसा

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ चैत । उद्योगी व्यवसायीहरुले सरकारको प्रभावकारी नीतिका कारण उद्योग वाणिज्य क्षेत्रमा सकारात्मक संकेत देखिएको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्दै व्यवसायीहरुले अझै व्यवसायीमैत्री नीति तथा कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेका छन् । व्यवसायीहरुले सरकार तथा प्रधानमन्त्रीको काम कारवाहीको खुलेर प्रशंसा गरेका छन् ।

छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको प्रभावकारी कदमका कारण कोरोना कहरबीच पनि नेपालको अर्थतन्त्र चाँडै तंग्रिएको बताए ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीका लागि रकमको माग बढ्नुले अर्थतन्त्र सुधारको संकेत दिएको भन्दै अध्यक्ष गोल्छाले राष्ट्र बैंकले ल्याएको पुनर्कर्जा कार्यविधिले नेपालका लघु, साना तथा मझौलालाई निकै राहत मिलेको बताए ।

‘नेपालमा लगानी र व्यापारिक वातावरण बन्दै गएको छ । बैंकको तरलता घट्दै गएको छ । देश क्रमशः औद्योगिक बन्दैछ । यो सरकारको प्रभावकारी नीति र कामकै कारण भएको हो,’ गोल्छाले भने ।

उनले अझै कोरोनाका कारणले ४० प्रतिशत औद्योगिक क्षेत्र समस्यामा नै रहेको बताए । उनले पर्यटन क्षेत्र पनि समस्यामा रहेकाले त्यसलाई राहत हुने गरी थप कार्यक्रम ल्याउन सुझाए ।