
काठमाडौँ, ६ चैत । सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाल नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटार स्रोतले जनाएको छ ।
बडालको आइतबार सपथग्रहण हुने भएको छ ।
अग्नि खरेलले शुक्रबार महान्यायाधिवक्ताबाट राजीनामा गरेका थिए । त्यसपछि रिक्त स्थानमा बडाल नियुक्त भएका हुन् ।












प्रतिक्रिया