१३ कार्तिक २०८३, शुक्रबार

जिउँदै मान्छे पुर्ने डोजर चालक पक्राउ

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ६ चैत । धादिङमा जिउँदै मान्छे पुर्ने डोजर चालक भारतबाट पक्राउ परेका छन् ।

गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिमा मान्छे पुर्ने जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनापछि फरार भएका बुढाथोकी फरार थिए । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले बुढाथोकीलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । फरार भएका बुढाथोकी करिब तीन सातापछि भारतबाट पक्राउ गरी नेपाल ल्याइएको हो । ब्यूरोले शुक्रबार पक्राउ गरिएकोबारे जानकारी दिनेछ ।

गत फागुन १७ गते त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा रहेको खोल्सी भन्ने स्थानमा भित्री सडक सफा गर्दै गर्दा सोही स्थान बस्ने ४० वर्षीय सरस्वती कुमाललाई ठक्कर दिई घाइते बनाएपछि खाल्डो खनेर पुरिएको थियो ।

प्रदेश नम्बर ३–०१–००३ क ६५६४ नम्बरको जेसिबीले माटो फाल्ने क्रममा डोजरको बकेटले लागेर घाइते भएकी महिलालाई खाल्डो खनेर जिउँदै पुरेको प्रहरीको दावी छ । स्थानीयले महिलाको उद्दार गरेपनि महिलाको मृत्यु भएको थियो ।

महिलाको मृत्यु भएपछि स्थानीयले डोजर जलाएका थिए भने चालक बुढाथोकी भने त्यहाँबाट भागेका थिए ।