
काठमाडौं, ६ चैत । प्रिमियम मोटरसाइकल ब्राण्ड, केटीएमले बहुप्रतिक्षित केटीएम २५० एड्भेञ्चर सार्वजनिक गरेर बुकिङ खुला गरेको छ ।
७ लाख ४९ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरिएको उक्त मोटरसाइकल देशभरका सबै केटीएम शोरुमहरुबाट बुकिङ गर्न सकिने कम्पनीले बताएको छ । नेपालमा व्यापक रुपमा बढिरहेको एड्भेन्चर मोटरसाइकलको सेग्मेन्टलाई विस्तार गर्नका लागि ‘केटीएम २५० एड्भेञ्चर’ सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।
यसअघिको ‘केटीएम ३९० एड्भेञ्चर’ले पनि नेपाली युवाहरुको मन जितेको र नयाँ उत्पादन नेपाल ल्याउन आफूहरु उत्साहित भएको बताइएको छ । एड्भेन्चर बाइकिङको संसारमा ग्राहकहरुलाई पहिलो कदम चाल्न लगाएर ‘केटीएम २५० एड्भेञ्चर’ले यो फ्रेन्चाइजलाई अझ बढाउने अपेक्षा गरिएको छ ।
उत्कृष्ट ह्यान्डलिंग र इञ्जिन पञ्चका साथ लाइटवेट प्याकेजमा आउने यो एड्भेन्चर केटीएम परिवारको नवीनतम एडिशन हो । यसको वृहत् डिस्प्लेसमेन्ट सिब्लीङको इलेमेन्टहरूको प्रयोग गरेर, केटीएम एड्भेन्चर अत्यन्त विशेषताहरु प्रदान गर्दछ, जुन ट्राभल–एन्डुरो विश्वको लागि इन्ट्रीप्वाइट भएको कम्पनीले जनाएको छ ।
क्लास लिडिङ पर्फमेन्स
केटीएम २५० एडभेञ्चरमा एक शक्तिशाली, २४८ सीसीको अत्याधुनिक डीओएचसीफोर–भल्भसिंगल सिलिन्डर लिक्विड कूल्ड इन्जिन छ, जसले पावरब्यान्ड मार्फत सहज र आत्मविश्वास–प्रेरणादायक डिलिभिरी प्रदान गर्दछ । जुन बढी पुस गर्दा पनि स्पष्ट र रमाइलो छ । इलेक्ट्रोनिक फ्यूल ईन्जेक्शनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्कमा प्रदर्शन संख्या बढाउन मद्दत गर्दछ ।
प्राविधिक तवरले अत्याधुनिक पावर असिस्ट स्लिपर क्लचले ६–स्पीड गियरबक्सको माध्यमबाट मुभमेन्टको लागि मद्दत गर्दछ र सहज र जर्कफ्री क्लच–लेस डाउन सिफ्टिङ गर्न मद्दत गर्छ ।















प्रतिक्रिया