
काठमाडौं, ६ चैत । साहित्य सन्ध्या नेपालले २०७६ सालको साहित्य सन्ध्या पुरस्कार साहित्यकार एवं जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र समीरलाई दिने निर्णय गरेको छ ।
स्वास्थ्य साहित्य तथा लघुकथा विधामा विगत ३ दशकदेखि क्रियाशील डा. समीरलाई आउँदो १५ गते हुने समारोहमा १५ हजार रुपैयाँ राशीसहित प्रशंशापत्र प्रदान गरिन लागिएको हो ।
डा. रवीन्द्र समीरका बहुचर्चित मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् ।















प्रतिक्रिया