१३ कार्तिक २०८३, शुक्रबार

३० लाख जरिवाना भएका बैंकिङ कसूरका फरार अभियुक्त पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ५ चैत । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरु ललितपुर, ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने धनकुटा, धनकुटा नगरपालिका–६ घर भएका ६३ वर्षीय महेन्द्र नारायण श्रेष्ठ र काठमाडौँ बुढानिलकण्ड नगरपालिका–९ बस्ने ५८ वर्षीय लाक्पा लामालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितहरुलाई झुक्यानमा पारी नेपाल बैंक लिमिटेड र एनआईसि एशिया बैंकका विभिन्न रकमका चेकहरु काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

उनीहरुमध्ये श्रेष्ठलाई उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र २० लाख रुपैयाँ जरिवाना तथा लामालाई उच्च अदालत पाटनको २०७७ माघ ५ गतेको फैसलाले बैंकिङ कसूरमा ४ दिन कैद र १० लाख ४५ हजार रुपैयाँ जरिवना ठहर भई फरार रहेका थिए ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले श्रेष्ठलाई बुधाबर ललितपुर र लामालाई काठमाडौं बुढानिलकण्ठबाट बिहीबार पक्राउ गरेको हो ।

श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर तथा लामालाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।