१३ कार्तिक २०८३, शुक्रबार

नेपाल-खनाल समूहको भेलाद्वारा यी १७ बुँदे प्रस्ताव पारित

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ चैत । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले कार्यकर्ता भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरेको छ ।

ललितपुरमा चैत ४ र ५ गते दुई दिने भेला आयोजना गर्दै सो पक्षले १७ बुँदे प्रस्ताव पारित गरेको हो ।

भेला समापनपछि सो पक्षले पत्रकार सम्मेलनमा पारित भएको प्रस्ताव पढेर सुनाएको थियो । सो पक्षले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा फागुन २८ गरिएको निर्णय फिर्ता लिनुपर्ने भन्दै भेलाको आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौं राष्ट्रिय महाधिवेशनले पास गरेको कार्यक्रम जनताको बहुदलीय जनवादको मर्म र भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्ने कुरालाई पुनर्पुष्टि गरे पनि अध्यक्ष ओलीले त्यसलाई पक्रन नसकेको आरोप लगाए ।

त्यस्तै, भट्टराईले फागुन २८ गतेको निर्णय अस्वीकार गर्ने निर्णय गरेको बताए । त्यस्तै, जबजको मर्मका निम्ती देशभरका संगठन परिचालन गरिने बताए ।

त्यस्तै, भेलाले अदालत र निर्वाचन आयोगलाई समेत संविधानअनुसार अघि बढ्न आग्रह गरेको छ ।

सो पक्षले भेलामा हजारौँ कार्यकर्ता सहभागी भएका दावी गरेको छ ।