
काठमाडौँ, ५ चैत । नेकपा माओवादी केन्द्र ब्यूँतिएसँगै भातृ संगठन योङ कम्यूनिष्ट लिग नेपाल (वाईसीएल) पनि ब्यूँतिएको छ ।
ब्यूँतिएपछि वाईसीएलले आउँदो जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने भएको छ ।
काठमाडौँमा चैत ४ र ५ गते बसेको वाईसीएलको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले भेला गर्ने निर्णय गरेको हो ।
भेलाले नयाँ नीति तथा नेतृत्व चयन गर्ने संगठनले जनाएको छ ।
संगठनले भेला अगाडी नै विभिन्न स्थानीय तथा प्रदेशका कमिटीहरु गठन गर्ने भएको छ ।












प्रतिक्रिया