
काठमाडौं, ५ चैत । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १०७ जना नयाँ संक्रमित थप भएका छन् ।
बितेको २४ घण्टामा देशभर ३ हजार २५४ जनाको स्वाब परीक्षण उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ६२५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ७१ हजार ६१० जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १५ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १००० जना छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २२ लाख २७ हजार ५४७ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १००० जना आइसोलेसन र ५२ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया