
काठमाडौं, ५ चैत । पार्टीको विधान र निर्णयविरुद्ध गुट भेलामा जानेलाई एमालेले कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको छ ।
नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला नगर्न र पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न सांसदहरुलाई निर्देशन दिँर्दै यस्तो चेतावनी दिएको हो ।
बालुवाटारमा बसेको बैठकले पार्टीबाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिएको हो । गुट भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन बैठकले अपिल पनि गरेको छ ।
तर, पार्टीको निर्देशन नमानी अवैधानिक गतिविधिमा संलग्न भइरहे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय दलको बैठकले गरेको बताइएको छ ।















प्रतिक्रिया