५ कार्तिक २०८३, बिहिबार

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, कति मूल्यमा हुँदैछ कारोबार ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार सुन तोलामा ३०० रुपैयाँमा बढेर प्रतितोला ८६ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन बुधबार चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले घटेको थियो ।