
काठमाडौं, ५ चैत । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १२ करोड १८ लाख ३ हजार ९६८ पुगेको छ ।
गत २४ घण्टामा थप ५ लाख २८ हजार ८४५ संक्रमित थपिएका छन् । यस्तै, गत २४ घण्टामा ९ हजार ७१२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २६ लाख ९१ हजार ८१२ पुगेको छ ।
हालसम्म विश्वमा ९ करोड ८१ लाख ९८ हजार ३१० जना भने संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा मात्रै थप ३ लाख ९७ हजार ९३४ जना निको भएका हुन् । हाल विश्वभर २ करोड ९ लाख १३ हजार ८४६ सक्रिय संक्रमित छन् । ती मध्ये ८८ हजार ८७१ गम्भिर बिरामी छन् ।















प्रतिक्रिया