
ताञ्जानिया, ५ चैत । पूर्वी अफ्रिकी देश ताञ्जानियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएको छ ।
६१ वर्षीय राष्ट्रपतिमा मुटुको समस्याका थियो । राष्ट्रपति मागुफुली विगत दुई हप्तादेखि सार्वजनिक रुपमा नदेखिएपछि उनको स्वास्थ्यमा समस्या रहेको अड्कल गर्न थालिएको थियो । उता उनलाई कोरोना भाइरसको संक्रमण भएको बताइए पनि यसको पुष्टि हुन भने सकेको छैन ।
राष्ट्रपतिको निधनमा १४ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ भने राष्ट्रिय झण्डा आधा झुकाइने छ ।















प्रतिक्रिया