
काठमाडौं, ५ चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहीबार बिहान ११ बजे संसदीय दलको बैठक बालुवाटारमा बोलाएका छन ।
तर, एमालेकै असन्तुष्ट पक्षहरुले भने उक्त बैठक बहिष्कार गर्ने बताइएको छ । त्यसैका लागि खनाल–नेपाल पक्षले भने सांसदहरुको भेला आयोजना गरेको छ । सानेपास्थित हेरिटेज गार्डेनमा अहिले उत्तः समूहको सांसदहरुबीच छलफल चलिरहेको छ ।
एमालेको नेपाल समूहका नेताहरूले संसदीय दलको बैठकबारे जानकारी प्राप्त भएको तर समय अनुकूल नभएकाले जान नसक्ने बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थाहा पाउँदापाउँदै संसदीय दलको बैठक बोलाइएकाले आफूहरू उपस्थित हुन नसक्ने उनीहरुको भनाइ छ ।















प्रतिक्रिया