८ कार्तिक २०८३, आइतबार

ओपोद्वारा नेपालमा एफ१९ प्रो सार्वजनिक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ नेपाल । ग्लोबल स्मार्ट डिभाइस ब्राण्ड ओपोले नेपालमा एफ१९ प्रो सार्वजनिक गरेको छ ।

शक्तिशाली र टिकाउ हुनुका साथै बहुआयामिक दृष्टिकोण सहित आफ्ना जीवनका स्मरणिय पलहरू कैद गर्न चाहनेका लागि मनोरञ्जक नयाँ भिडियो फिचर्सहरुका साथ एफ१९ प्रोको डिजाइन विशेषगरी “टे«ण्ड सिकर्स”हरूलाई ध्यानमा राखिएको विज्ञप्तिमा उल्लेख छ ।

एफ१९ प्रोका अत्याधुनिक क्यामेरा फिचर्सले प्रयोगकर्ताका सिर्जनात्मकताका लागि पर्याप्त अवसर समेत उपलब्ध गराउँछ ।

एफ१९ प्रोले, एफ सिरिज अन्तर्गतका आफ्ना पछिल्ला संस्करणका तुलनामा उच्च ब्याट्री र तिब्र कार्यसम्पादन क्षमता उपलब्ध गराउँछ । यो सबै कम्पनीले सुन्दर आकारको पातलो डिजाइन र फ्लोइंग लाइट डिजाइन अवधारणा सहितका दूई चहकिला रंगमा उपलब्ध गराएको छ ।