
-महेश सिंह
लहान, ४ चैत । सिरहाको लहान अस्पतालमा एम्बुलेन्स संचालनमा नआएपछि स्थानीय सेवा ग्राहिलाई सास्ती खेप्नु परेको छ ।
समाजिक विकास मन्त्रालय प्रदेश २ ले झण्डै दुई महिना अगाडी नै एम्बुलेन्स र सब बहान राम कुमार उमा प्रसाद स्मार्क अस्पताल लहानलाई पठाएका छन् ।
स्थानीय सेवा ग्राहिलाई सहजै सेवा प्रदान होस भन्ने मन्त्रालयले अस्पताललाई एम्बुलेन्स र सब बहान दिएका हुन् । करिब ४० बर्ष अगाडि देखि अस्पताल संचालनमा रहेका छन् ।
अस्पतालको पुर्व मेसु डाक्टर शुलिल प्रसाद कुशवाहाले कार्यरत रहदा एम्बुलेन्स र सब बहान को प्रकृया अगाडि बढाई मन्त्रालय संग एम्बुलेनस र सबबहान गाडी माग गरेका थिए ।
मेसु कुशवाहाले मागको प्रकृया अगाडि बढाको केहि महिना लगत्तै डाक्टर कुशवाहा लाई कलैया अस्पतालमा सरुवा भएको थियोे । सरुवा भएको एक महिना न बित्दै मन्त्रालयले एम्बुलेन्स र सब बहान पठाएका छन्।डाक्टर कुशवाहा लाई सरुवा भए लगत्तै अर्को मेसु डाक्टर बिरेन्द्र कुमार मंण्डल ले कलैया अस्पतालबाट सरुवा भई लहान अस्पतालमा आएका थिए ।
नयाँ मेसु र नयाँ अस्पताल बिकास समितिका अध्यक्ष रोहित महतो लगायतका सदस्यहरुलाई अस्पतालको अझ प्रभाव कारी,सेवा सुधार र अस्पताल बिकासको र अस्पतालको स्तर उन्ती राम्रो, व्यवस्थापनको लागि पठाएका छन् तर जस्ट उल्टो भएको स्थानीय को आरोप रहेको छ । विकास के हुनु पहिला भन्दा पनि अस्पतालको अवस्था खसकिएको र जर्जर अवस्थामा पुगेका छन् ।
अस्पतालको मेसु लगायत विकास समितिका अध्यक्ष, सदस्य अस्पतालबाट सेवा सुबिधा मात्र लिने गरेको काम केहि नै देखिएको छैन । तर अस्पताल विकासमा केहि चासो नै रहेन छ । एम्बुलेन्स र सब बहान संचालन न हुँदा बाहिरी एम्बुलेन्सहरुले फाईदा लिने गरेको स्थानीयको भनाई छ ।
अस्पतालमा राम्रो व्यवस्थापन न हुँदा नर्मल बिरामिहरुलाई लहानका अधिकांश निजि अस्पताल र विराटनगरका अस्पतालमा बिरामी पाठाउनु पर्ने बाध्यता रहेका अस्पतालका एक स्वास्थ्य कर्मीले बताए ।
अहिले अस्पतालको अबस्था निकै नि खस्किएको अवस्था रहेको छ । स्वास्थ जस्तो संबेदनसिल संस्थामा यस्तो घिन लाग्दो क्रियाकलापहरु हेर्दा स्थानीयहरुको मन खिन हुने गरेको छ। यता मेसु डाक्टर बिरेन्द्र कुमार मंण्डलका अनुसार
एम्बुलेन्स र सब बहान त मन्त्रालयले पठाईयो तर गाडीमा काम बाकी नै रहेको छ, त्यो काम को लागि गाडीलाई गाईरेजमा पठाको छु । र अस्पतालमा केहि कर्माचारी पद पुर्ति र एम्बुलेन्स र सब बहान चालकका पद पुर्तिका लागि बिज्ञापन गरेको छु छिटै नै संचालनमा ल्याउने बताए ।















प्रतिक्रिया