
काठमाडौँ, ४ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ३ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप ९४ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ५ सय १८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ५५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७१ हजार ५ सय ५० जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९ सय ५४ जना रहेको छ ।
हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २२ लाख २४ हजार २ सय ९३ जनाको पीसीआर परीक्षण भइसकेको छ ।












प्रतिक्रिया