
काठमाडौँ, ४ चैत । एमाले नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आयोजना गरेको कार्यकर्ता भेलामा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको राजीनामा अनिवार्य हुनुपर्ने प्रस्तावसहितको प्रतिवेदन प्रस्तुत भएको छ ।
वुधबारदेखि ललितपुरमा भएको भेलामा नेता नेपालले आत्माआलोचना गरी नसच्चिए अध्यक्षबाट राजीनामा गरी कार्यबाहक नेतृत्व आफूलाई दिनुपर्ने संकेतसहितको प्रतिवेदन पेस गरेका हुन् ।
नेपालले प्रधानमन्त्री पद र संसदीय दलको नेताबाट पनि ओलीलाई हटाउने रणनीतिमा प्रस्ताव ल्याएको बुझिएको छ । उनले संसदीय दलमा वरिष्ठ नेता झलनाथ खनाललाई प्रस्ताव गरेको बताइएको छ ।
आफूहरुले पदका लागि गतिविधि नगरेको बताउने सो पक्षले ओलीलाई हटाएर आफैँ अध्यक्ष अनि प्रधानमन्त्री हत्याउने दाउमा रहेको बुझिएको छ ।
एमाले विधानमा पदाधिकारीहरु महाधिवेशनबाट निर्वाचित हुनुपर्छ । तर कार्यकर्ताको भेला आयोजना गरेर आफैँ पार्टी तथा सरकारको नेतृत्वका लागि अघि सरेको देखिएको छ ।
हुन त जनता तथा धेरै जसो सच्चा कार्यकर्ताहरुले नेताहरुले जनता र देशको निम्ति नभइ पद र कुर्सीको निम्ती खिचातानी गरेको आरोप लाग्दै आएको छ । आजको भेलामा प्रस्तुत भएको प्रतिवेदनले जनताको अनुमान सही सावित हुन पुगेको छ ।















प्रतिक्रिया