१३ कार्तिक २०८३, शुक्रबार

ओली पक्षले फेक सूचनाले भ्रम फैल्याए: नेता नेपाल

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । एमाले नेता माधवकुमार नेपालले केपी शर्मा ओलीका पक्षबाट गलत सूचना सम्प्रेषण गरेको आरोप लगाएका छन् ।

आफ्नो समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले ओलीका साइबर सेनाले अहिले पनि भ्रम फैलाइरहेको बताए ।

‘फेक सूचना जारी गरी भेला स्थगित गरेको भनेर भ्रम फैलाइयो । ओलीका साइबर स्यालहरु अहिले पनि ज्यूँदै रहेछन् । बाँचिरहेका रहेछन् । हिजोमात्रै नेकपा हुँदा मात्रै होलान् भनेको होइन रहेछ । होसियार । भोलि पनि साइबर स्यालहरुबाट यस्तै गलत सूचना आउनेछन् । अलमलमा पार्नेछन् । तर अल्मलिन जरुरी छैन’ नेता नेपालले भने ।

उनले ओलीसँग पदको नभइ विधिको लडाईँ भएको जिकिर गरेको भने । उनले आफ्नो भेलाको बारेमा भने, ‘कम्युनिस्ट पार्टी कस्तो र कसरी चलाउनुपर्छ भनेर बहस भइरहेको छ ।’

अहिले पार्टी एकतामा प्रश्न खडा हुनुमा ओली नै जिम्मेवार रहेको आरोप पनि लगाए । ‘उहाँको चिन्तन, व्यवहार, कार्यशैली कस्तो छ ? कस्तो रहँदैछ भन्ने अनुभव धेरै योद्धाहरूसँग रहेका छन्’ उनले ओलीमा आई एम द पार्टी भन्ने तानाशाही प्रवृत्ति देखाएको दावी गरे ।

‘अहंकार गुटगत प्रवृति, पार्टी एकतालाई स्वार्थ सिद्ध गर्ने, जबज सिध्याउने काम गर्नुभयो । आज तपाई जबजको हिमायती भन्नुहुन्छ, यस्ता नक्कली कुरामा कोही भ्रममा नपरौं’ नेपालको भनाई छ ।

उनले प्रधानमन्त्री ओली पूँजीवादको पक्ष पोषणमा लागेको र सिद्धान्त त्यागेको समेत आरोप लगाए । ‘हुँदाहुँदा प्रधानमन्त्रीको कुर्सी बचाउन संविधान नै सक्ने योजनामा लाग्नुभयो’ नेता नेपालले ओलीलाई आरोप लगाए ।