१३ कार्तिक २०८३, शुक्रबार

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

प्रदेशको वुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।

एमालेबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् ।

यद्यपि दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी थिए ।