८ कार्तिक २०८३, आइतबार

नेपाल-खनाल समूहको भेलामा प्रचार गरिए जस्तो उपस्थिति भएन

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आयोजना गरेको भेलामा नेता तथा कार्यकर्ताको उपस्थिति न्युन रहेको छ ।

पार्टीको विभाजनलाई प्रश्रय दिने भेला भएको भन्दै प्रचार गरिएजति कार्यकर्ताहरुको भेला नभएको हो । भेलामा विभिन्न समितिका नेता कार्यकर्ताहरुलाई बोलाइए पनि

हलमा देखिएको उपस्थितिले एमालेको सिंगो पंक्तिमध्ये करिव ३० प्रतिशतमात्र उपस्थिति भएको देखिन्छ ।

सो समूहका प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराईले भने २ हजार बढीको उपस्थिति दावी गरेका छन् ।

कुन विधानअनुसार भेला आयोजना गरिएको भन्ने स्पष्ट नगरेको सो भेलाको अध्यक्षता खनालले गरेका छन् ।