२ कार्तिक २०८३, सोमबार

नाइजरमा बन्दुकधारीको आक्रमण, ५० जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नाइजर, ४ चैत । अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

मालीसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा सर्वसाधारणको ज्यान गएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तिलाबेरी क्षेत्रको बजारबाट चारवटा सवारी सधानमा आउँदै गरेका मानिसलाई लक्षित गरेर बन्दुकधारीले आक्रमण गरेका हुन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन । घटना सोमबार भएको हो ।

सो क्षेत्रमा दुईवटा बिद्रोही समूह सक्रिय छन् । पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय छ ।