बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश

दैनिक नेपाल २०७७ चैत ४ गते ८:४७

लण्डन, ४ चैत । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको दोस्रो लेगमा ३–१ गोल अन्तरले इटालियन क्लब एटलान्टलाई पराजित गर्दा समग्रमा रियल ४–१ गोलले जित दर्ता गर्न सफल भएको हो ।

रियलको जितमा करिम बेन्जिमा, सर्जियो रामोस र मार्को एसेन्सियोले एक–एक गोल गर्दा एटलान्टाका लागि लुईस मुरिएलले एक गोल फर्काएका थिए ।

१–० को अग्रतासहित एटलान्टालाई सान्टियागो बर्नबाउमा स्वागत गरेको रियलका लागि ३४ औं मिनेटमा करिम बेन्जेमाले गोल गरी पहिलो हाफमा अग्रता दिलाएका थिए ।

लुका मोड्रिडको प्रहार एटलान्टा गोलरक्षक मार्को स्पोर्टेल्लोले राम्ररी कलेक्ट गर्न नसक्दा रिबाउण्डमा बेन्जेमाले गोल गरेका हुन् ।

६० औं मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरे । भिनिसियस जुनियरलाई रफायल टोलोइले बक्सभित्र फल गरेपछि रियलले पेनाल्टी अवसर पाएको थियो ।

८३ औं मिनेटमा एटलान्टाका लागि लुइस मुरियलले २५ यार्डबाट शानदार फ्रिकिक गोल गरी खेलमा फर्कने प्रयास गरे पनि मार्को एसेन्सियोले त्यसको एक मिनेटपछि नै रियलका लागि तस्रो गोल गरे ।

प्रतिक्रिया
सम्बन्धित