आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

सनराइज ब्लूचिप फण्डको आधाभन्दा बढी इकाई दुई दिनमै विक्यो

दैनिक नेपाल २०७७ चैत ३ गते १४:४२

काठमाडौं, ३ चैत । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सन्राइज ब्लूचिप फण्डको आधाभन्दा बढी इकाई दुई दिनमै विक्री भएको छ ।

क्यापिटलका अनुसार सोमबार साँझसम्म २२ हजार जना आवेदकबाट फण्डको ५०.६ प्रतिशत इकाई खरीद भइसकेको छ । क्यापिटलले चैत्र १ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको छ ।

फण्डले १५ प्रतिशतइकाई कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

इकाई खरीदका लागि भोलिसम्म आवेदन दिन सकिने छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकाले ढुक्क भएर लगानी गर्न सकिने क्यापिटलले विश्वस्त बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित