५ कार्तिक २०८३, बिहिबार

सिराहा मालपोत कार्यालयमा बम बिस्फोट गराएको आशंकामा एक जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिराहा, ३ चैत । सिराहा जिल्लाको लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आशंकामा एपीएफ टोलीले सोही जिल्लाको सुखीपुर नगरपालिका–२ स्थित विद्यानगरबाट सोमबार १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको लहान नगरपालिका–१८ का ३९ वर्षीय बलराम मण्डल छन् ।

उनलाई विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सुखीपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ईलाका प्रहरी कार्यालय लहानमा बुझाएको बताएको छ ।