आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बैंक अफ काठमाण्डूको विशेष साधारणसभा सम्पन्न, ३ जना सञ्चालक निर्वाचित

दैनिक नेपाल २०७७ चैत ३ गते १३:५७

काठमाडौं, ३ चैत । बैंक अफ काठमाण्डू लिमिटेडको आफ्नो विशेष साधारणसभा आज एक समारोहकाबीच सम्पन्न भएको छ ।

उक्त समारोह बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त विशेष साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्वाचित गरेको छ ।

निर्वाचित सञ्चालकहरुमा गोबिन्द प्रसाद शर्मा, मदनलाल जोशी र अमृता उप्रेती छन् ।

बैंकले हाल ९० वटा शाखा कार्यालयहरु, ७८ वटा एटीएम र १० वटा एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित