३ कार्तिक २०८३, मंगलबार

कोभिड महामारीपछि पहिलोपटक कन्सर्टमा सहभागी हुन पोखरा पुगे कालीप्रसाद

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा पोखरास्थित किंग्स लाउञ्जमा बुधबार साँझ गुञ्जिने भएका छन् ।

पोजेटिभ भाइब्स र किंग्स लाउञ्जले संयुृक्त रुपमा आयोजना गर्न लागेको कार्यक्रममा काली आफ्नो व्याण्डसहित गुञ्जन लागेका हुन् । कालीका अनुसार पोखरामा झण्डै दुई वर्षको अन्तरालपछि व्याण्डसँग प्रस्तुत हुन लागेका हुन् ।

‘दुई वर्षपछि पोखरामा व्याण्डसँग गीत गाउँदैछु । कोभिड महामारीपछि चाहिँ यो मेरो पहिलो कन्सर्ट हो’, कालीले भने ।

कार्यक्रममा कालीले ‘पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो’, ‘नीर कहिले रिसाउने’, ‘साइँली’, ‘हेराइका तालहरुमा’, ‘लप्पन छप्पन’लगायतका झण्डै दशवटा भन्दा बढी गीत गाउने कार्यक्रम छ । कार्यक्रमका लागि काली पोखरा पुगिसकेका छन् ।