
काठमाडौं, ३ चैत । आज बसेको प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ ।
आगामी शुक्रबार (चैत ६ गते) दिउँसो १ बजे बस्नेगरी सकिएको हो । मंगलबार बस्ने बैठकमा कुनै बिजनेस नभएका कारण बैठक शोक प्रस्ताव पारित गरेर सम्पन्न भएको हो ।
आजको बैठकमा पूर्वसांसद दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो । यादव २०७० सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बाँके २ बाट यादव निर्वाचित भएका थिए । २०७७ माघमा यादवको निधन भएको थियो ।















प्रतिक्रिया