५ कार्तिक २०८३, बिहिबार

एमालेमा कसैमाथि अन्याय हुँदैन : प्रधानमन्त्री ओली

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेभित्र कसैमाथि पनि अन्याय नहुने बताएका छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेका कसैले पनि अपमान गर्न नपर्ने र नगरिने स्पष्ट पारेका हुन् ।

तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले बोलाएको ठाउँमा नआएर फेरि उही श्रृंखला र उही धन्दा नचलाउन झलनाथ–माधव पक्षलाई आग्रह समेत गरेका छन् । ‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले बोलाएको ठाउँमा नआएर उहाँहरु कहाँ जानुहुन्छ ?,’ ओलीले भने, ‘हामी सबैलाई थाहा छ उहाँहरु कसको निम्तो आयो भने जानुहुन्छ भनेर । खैर त्यसबारे यहाँ चर्चा नगरौं आज हाम्रो त्यो विषय होइन ।’

एकदम अपराधीलाई स्वाग नै गर्न नसके पनि एमालेले स्वीकार गर्ने हुँदा सच्चिएर आउँदा कसैलाई पनि पार्टीभित्र अपमान नहुने ओलीको भनाइ छ । पार्टीभित्रै बसेर पार्टी विधानविपरीत गतिविधि गर्ने छूट कसैलाई पनि नभएको भन्दै पार्टी हितविरुद्ध र एकताविरोधी कुरा गर्नेहरुमाथि पार्टीले अनुशासनको कारबाही गर्ने उनले बताएका छन् ।