३ कार्तिक २०८३, मंगलबार

अभिनेत्री वर्षालाई देखेर यसरी फिदा भए पल शाह (हेर्नुहोस् भिडियो)

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । अभिनेता पल शाह र अभिनेत्री वर्षा राउत ‘फिदा’ बोलको म्युजिक भिडियोमा एकसाथ देखिएका छन् ।

लोकलयमा आधारित गीतलाई अमेरिकामा रहेर आफ्नो व्यवसाय साथमा गीत रचनामा सक्रिय गीतकार सुमन योञ्जनले लेखेका हुन् । गायिका दीपा लामा र गायक सुमन केसीको स्वरमा रहेको गीतलाई दिपक शर्माले संगीतवद्द गरेका हुन् ।

गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ । सुबोल थापाले कोरियोग्राफी गरेको यो गीतको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ ।

गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो । हर्क राई र मधु राईको लगानीमा निर्मित यस भिडियोलाई केन्द्र मोशन पिक्चर्सको आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ ।