५ कार्तिक २०८३, बिहिबार

आज पनि स्थिर रह्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैच । नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थिर रहँदै कारोबार भएकै मूल्यमा आज पनि कोरोबार शुरु भएको छ ।

गत शुक्रबारको तुलनामा साताको शुरुमा आइतबार ४०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसयता सोमबार र मंगलबार स्थिर रहेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुनको मूल्य ८६ हजार १५० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढेको छ । सोमबार तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलवार ५ रुपैयाँले बढेर तोलामा १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।