५ कार्तिक २०८३, बिहिबार

प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको भेला राम र रमिता मात्रै हो : सूर्य थापा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं नेकपा एमाले नेता सूर्य थापाले एमालेका असन्तुष्ट पक्षले गर्न लागेको कार्यकर्ता भेला राम र रमिता मात्रै भएको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र होमवर्कबमोजिम उक्त भेला आयोजना हुन लागेको भन्दै थापाले यस्तो टिप्पणी गरेका हुन् । एमाले संस्थापन पक्षको विरोधमा असन्तुष्ट पक्ष माधव–झलनाथले भोलि र पर्सि (चेत ४ र ५ गते) राष्ट्रिय कार्यकर्ता भेला गर्दै छ ।

तर, थापाले भने उक्त भेलालाई चैत महिनामा प्रदर्शित बेमौसमी गाइजात्राको संज्ञा दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा भेलाबारे १५ बुँदा लामो टिप्पणी लेख्दै उनले भनेका छन्, ‘खासमा प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको भेला राम र रमिता हो ! यसलाई चैत महिनामा प्रदर्शित बेमौसमी गाइजात्रा पनि भन्न सकिन्छ ।’

आफ्नो निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्रबमोजिम भेला आयोजना गरिएको उनको आरोप छ । साथै उक्त समूहले पार्टीभित्रको विधि र पद्धतिलाई गाईजात्रा र रमिता बनाएको समेत बताएका छन् ।

नेतृत्वकर्ताहरूको कुण्ठा र द्वेष प्रदर्शन गर्न भेला आयोजना गरिएकाले उक्त भेलामा सामल नहुन पनि एमालेका नेता–कार्यकर्तालाई उनले अपिल गरेका छन् ।

सामाजिक सञ्जालमार्फत नै थापाले विभाजन र विखण्डनकारी तथा एकताविरोधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा (एमाले) र सूर्य चिह्नको पक्षमा स्पष्ट र एकजुट भएर अघि बढ्न सबैमा अपिल गरेका छन् ।

‘अरू कसैको योजनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी कोसिसहरूलाई परास्त गरौं,’ उनले भनेका छन् ।

हेर्नुहोस् उनको स्टाटस–