काठमाडौं । नायिका केकी अधिकारीले आफ्नो कपाल खौराएकी छिन् ।
आइतबार उनले इन्स्टाग्रामको स्टोरीमा अपलोड गरेको केही भिडियोमा उनको कपाल मुन्डन गरिएको देख्न सकिन्छ ।
भिडियो देखिएको कपाल मुन्डन लुक्स उनको अहिलेसम्मकै भिन्न लुक्स पनि हो । आफ्नो यो लुक्स किन र केका लागि भने उनले केही बताएकी छैनन् ।
कपाल मुन्डनको केही भिडियो उनले सार्वजनिक गरेकी हुन् । पहिलो भिडियोमा उनले लेखेकी छिन्, ‘चेञ्ज इज ब्यूटिफूल,बाल्ड इज ब्यूटिफूल ।’ अर्को ए भिडियोमा उनले युवतीहरू कपाल मुन्डन पछि झन् बोल्ड देखिने आशय राखेकी छन् ।
केकी अहिले फिल्म बोक्सीको घरमा अभिनयरत छिन् । नाटक बोक्सीको घरमा आधारित रहेर फिल्म निर्माण हुन लागेको हो । नाटक भने मण्डला थिएटरमा केही वर्ष अगाडि मञ्चन भएको थियो ।















प्रतिक्रिया