६ मंसिर २०८३, आइतबार

संसदको बैठक आज बस्दै, कार्यसूची सामान्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

संसदको बैठक दिउँसो एक बजे बस्नेछ । बैठकमा संविधानसभा सदस्यको निधनमा शोक प्रस्ताव पारित र बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

फागुन २३ र २६ गते बसेको बैठकमा संसदमा कुनै पनि एजेन्डामा छलफल हुन सकेन । प्रतिनिधिसभामा अध्यादेश पेस गर्ने कि नगर्ने भन्नेबारेमा विवाद छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । दलहरूका बीच अध्यादेश पेस गर्ने विषयमा सहमति जुट्न सकेन ।