लमही, ३ चैत । दाङको लमही नगरपालिका– ६ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन ।
लमही नगरपालिकाको राप्ती टोल विकास संस्था ढिकपुरमा सोमबार बिहान १० बजे विद्युतको तार सट भइ छ वटा खरका छाना भएका घरमा पूर्ण रुपमा क्षति भएका हुन् ।
दमकल, प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ ।
राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढाले आगलागीबाट लमही नगरपालिका वडा नम्बर ६ ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छु चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको जानकारी दिए ।















प्रतिक्रिया