५ कार्तिक २०८३, बिहिबार

कमर्शियल आर्टिस्ट संघद्वारा काठमाडौं र ललितपुर जिल्ला कमिटी गठन

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । नेपाल कमर्शियल आर्टिस्ट संघले ७७ वटै जिल्ला, ७ वटा प्रदेश र स्थानीय तहसम्म संगठन विस्तार गर्ने उद्देश्यअनुसार शनिबार काठमाडौं र ललितपुर जिल्ला कमिटी गठन गरेको छ ।

संघको केन्द्रीय कार्यसमितिद्वारा ललितपुरको गोदावरीमा शनिबार आयोजित बृहत् बनभोज कार्यक्रम तथा कला व्यवसायीहरूको भेलामार्फत उक्त कमिटी गठन गरिएको हो । राष्ट्रिय विभूति अरनिको स्मृति दिवसको अवसरमा संघले आयोजना गरेको उक्त भेलाबाट काठमाडौंमा प्रकाश पाण्डेको अध्यक्षतामा २१ सदस्यीय र ललितपुरमा बीएल चौधरीको अध्यक्षतामा ८ सदस्यीय कमिटी गठन गरेको संघका महासचिव चित्र कार्कीले जानकारी दिए ।

कार्कीले दिएको जानकारी अनुसार काठमाडौं जिल्ला कमिटीको उपाध्यक्षमा घनश्याम केसी, सचिवमा प्रेम कुमाल, सह–सचिवमा सरस्वती खतिवडा, र कोषाध्यक्षमा सचिन चौधरी चयन भएका छन् ।

यस्तै काठमाडौं जिल्ला कमिटीका सदस्यहरूमा मिलन शाही, निरजचन्द्र पौडेल, मनिष श्रेष्ठ, प्रधान लामा, अमर चौधरी, वासुदेव श्रेष्ठ, रूपा घर्तीमगर, अर्जुज चौधरी, रविन्द्र मगर, राजेन्द्र तामाङ, युजितराज सापकोटा, राजु चौधरी, कुमार थापा, छविल चौधरी ‘करण’, महेश चौधरी र रूपा घर्तीमगर छन् ।

त्यसैगरी ललितपुर जिल्ला कमिटीको उपाध्यक्षमा सुरेन्द्र चौधरी, सचिवमा केशव लामा र कोषाध्यक्षमा दिपक चौधरी चयन भएका छन् । यसैगरी सदस्यहरूमा रुमाकान्त चौधरी, प्रविण खड्का र सुरेन्द्र चौधरी चयन भएका छन् । उपत्यकाअन्तर्गतको भक्तपुर जिल्ला कमिटी पनि केही दिनमा गरिने संघको भनाइ छ ।

कलासँग सम्बन्धित व्यवसायी स्वरोजगार कलाकारहरूको हकहितका लागि २०५१ सालमा स्थापना गरिएको संस्थालाई कमर्शियल आर्टिस्टहरूले पुनः ब्युँताएर आफ्नो पेशागत हकहितको रक्षाका लागि अग्रसर भएको हो ।

२०५१ सालमै दर्ता भएको उक्त संस्था लामो समयदेखि निस्क्रिय रहेको थियो । ९ चैत २०७६ मा दाबीविरोधसम्बन्धी सूचना प्रकाशित गरी ५०० जना भन्दा बढी कलाकार व्यवसायीहरूको हस्ताक्षरसहित पुरानो संस्था ब्युँताएर अगाडि बढेको भेलामा जानकारी दिइएको छ ।

विद्यमान संविधानबमोजिमको आधिकारिक ट्रेड युनियन ऐनअनुसार स्थापित संघमा पेन्टिङ, बोर्ड, ब्यानर लेख्ने, डिजाइन गर्ने, थान्का पेन्टिङ, मिथिला आर्ट ग्लो साईनबोर्ड मूर्तिकला, चित्रकला, रबर–सेल्फ छाप, फ्लेक्स प्रिन्ट, मेटल इचिङ, मार्वल इचिङ (शिलालेख), डिजिटल बोर्ड, मेटल लेटर वक्र्स, स्टेज, स्टल डेकोरेशन ललितकला, ग्लास इचिङ, वाल पेन्टिङ, होर्डिङ बोर्ड, चित्राङ्कन, कार्टुन चित्र, छपाईसम्बन्धी कार्य गर्ने श्रमिक, टू–डी/थ्री–डी बोर्ड, सिल्क आर्ट, काष्ठकला र हस्तकलालगायत व्यवसायीहरू अटाउने छन् ।

‘संघ हाम्रा लागि, हामी संघका लागि’ नारा अँगालेको नेपाल कमर्शियल आर्टिस्ट संघले कला शीप र क्षमताको मूल्याङ्कन नहुने, जो वास्तविक कलाकार वा श्रमिक छ उसको श्रम शोषण हुने ठूला पूँजी र गैरआर्टिस्ट वर्गको अधीनभित्र रहेर काम गर्नुपर्दा वास्तविक कलाकार श्रमिकहरूको श्रम शोषण हुने तथा राज्यबाट समेत कलाजिवीहरूको दायरालाई संकुचित पार्ने काम भएकाले आफूहरू संगठित हुनुपरेको उनीहरूको भनाइ छ ।

आफूहरूको आवश्यकता राज्यलाई हुने तर राज्यले आफूहरूलाई नचिन्ने अवस्था सृजना हुँदा लाखौं श्रमिक तथा कलाकारहरूको रोजीरोटी धराशयी बन्दै गएको संघको भनाइ छ ।