बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

तेस्रो आइएमई टेनिस प्रतियोगिता हुँदै

दैनिक नेपाल २०७७ चैत २ गते १७:५९

काठमाडौँ, २ चैत । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ आयोजना गर्न लागिएको छ ।

काठमाडौँस्थित मण्डीखाटार टेनिस क्लबमा यही चैत १७ गतेदेखि २२ गतेसम्म आयोजना गर्न लागिएको प्रतियोगितामा यू ८– यू १६ उमेर समुहका खेलाडीहरूले भाग लिन सक्नेछन् ।

प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरूका लागि दशरथ रङ्गशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस संघ सातदोबाटो, कास्की जिल्ला टेनिस संघ पोखरा, रूपन्देही लन टेनिस संघ बुटवल, मण्डीखाटार टेनिस क्लब काठमाडौँ र नाउलिङ्ग सपोर्टस भिल्ला काठमाडौंबाट आवेदन फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, आइएमई फाउन्डेसनको वेभ साइट http://www.imefoundation.org/ मा पनि आवेदन फारम उपलब्ध छ ।

खेलाडीहरूको पूर्ण विवरणसहित भरिएका आवेदन फारमहरू चैत १२ गते विहीबार भित्र माथि उल्लेखित स्थानहरुको साथै [email protected] मा पनि बुझाउन सकिनेछ ।

यस सम्बन्धि विस्तृत जानकारीका लागि पानीपोखरी काठमाडौँमा अवस्थित आइएमई फाउन्डेसनको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ । रितपूर्वक प्राप्त हुन आएका आवेदनहरूलाई मात्र टाई सीटमा समावेश गरिनेछ ।

टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस् र बालबालिकाहरूमा खेलप्रति रूची पनि जागोस् भन्ने मुख्य उद्देश्यले आइएमई फाउन्डेसनले यो प्रतियोगिता विगत चार वर्षदेखि गर्दै आइरहेको छ ।

गतवर्ष कोभिड– १९, का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजना गर्न लागिएको हो । आइएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुनेछ भने प्रतियोगिता अवधिभर स्वास्थ्य सम्बन्धि मापदण्डको पूर्ण परिपालना गरिनेछ ।

आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित