
काठमाडौं, २ चैत । उप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेलाई एकताबद्ध बनाउनुपर्नेमा सबैको जोड रहेको बताएका छन् ।
एमालेका संस्थापन र असन्तुष्ट पक्षबीच पार्टी मुख्यालय धुम्बाराहीमा आज सोमबार भएको भेटवार्ताका क्रममा दुवै पक्षले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने धारणा राखेको उनले बताएका हुन् ।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले पार्टीलाई एकीकरणअगाडिको अवस्थामा पुर्याएको भन्दै पोखरेलले अदालतको फैसलापछि नयाँ परिस्थिति सृजना भएको पनि बताए ।
‘अदालतको फैसलापछि नेकपा एमालेलाई पुनर्जीवन प्राप्त भएको छ । हामी २०७५ साल जेठ २ गतेको अवस्थामा पुगेका छौं । अब पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्नेमा हामी सबैले जोड दिएका छौं,’ पोखरेलले भने, ‘आज भएको छलफलको साझा निष्कर्ष पनि यही हो ।’
पुनर्जीवन प्राप्त गरेको नेकपा एमालेलाई थप व्यवस्थित कसरी बनाउने र एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा नेताहरुबीच छलफल भएको उनको दाबी छ ।
पनि पोखरेलको भनाइ थियो । ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबै नेताहरुले यस विषयमा छलफल गऱ्यौँ । अबका प्रयासहरु एमालेलाई थप सशक्त बनाउन पहल प्रयत्नहरु केन्द्रित हुन्छन् ।’
फागुन २८ गते ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकको निर्णयबारे समीक्षा गर्ने हो भने यसअघि कात्तिक २३ गतेको आरोपपत्र, अर्याल होटेलमा भएका छलफललगायतका विषयमा पनि समीक्षा हुन जरुरी भएको पोखरेलको भनाइ छ ।















प्रतिक्रिया