५ कार्तिक २०८३, बिहिबार

चैत ४ र ५ गते बोलाइएको भेला स्थगित गर्न एमाले संस्थापनको आग्रह

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । नेकपा एमालेको संस्थापन पक्षले असन्तुष्ट पक्षद्वारा चैत ४ र ५ गते आह्वान गरेको कार्यकर्ता भेला स्थगित गर्न आग्रह गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आज भएको छलफलका क्रममा ओली पक्षले यस्तो आग्रह गरेको हो । पार्टी सचिव प्रदीप ज्ञवालीले दिएको जानकारी अनुसार घोषित भेलाले पार्टी एकतालाई बल नपुर्‍याने धारणाका साथ उक्त कुरा अनुरोध गरिएको हो ।

नेपाल पक्षले भने संस्थापन पक्षद्वारा गत २८ गते आयोजना गरिएको विशेष वैठकका निर्णयहरू रद्द गर्नुपर्ने शर्त राखेको छ । २८ गतेको निर्णय रद्द गरिए घोषित भेला स्थगित गर्न सकिने नेताहरुले बताएका छन् ।