मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

सुरक्षा फौजको गोली लागेर म्यानमारमा ३८ जना प्रदर्शनकारीको मृत्यु

दैनिक नेपाल २०७७ चैत २ गते १३:१८

म्यानमार, २ चैत । म्यानमारमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

आइतबार द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा सुरक्षा फौजले चलाएको गोली लागेर ३८ जनाको मृत्यु भएको हो ।

चिनियाँ लगानीका उद्योगमा आगजनी गरिएपछि सुरक्षा फौजले गोली चलाएको थियो । त्यस्तै त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि याङ्गुनको धेरै भागमा सैन्य कानुन लागू गरिएको जनाइएको थियो ।

चीनले म्यानमारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले बताउने गरेका छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित