
काठमाडौं, २ चैत । लामो समयदेखिको तिक्तताबीच नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र असन्तुष्ट पक्ष वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच अहिले पार्टी मुख्यालय धुम्बाराहीमा वार्ता चलिरहेको छ ।
वार्तामा ओली पक्षमा नेताहरु ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी छन् भने नेपाल पक्ष्का नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल र रघुजी पन्त सहभागी भएका छन् ।
तर, वरिष्ठ नेता झलनाथ खनाल भने उक्त भेटवार्तामा अनुपस्थित छन् । आखिर किन गएनन् खनाल अहिले सर्वत्र चासोको विषयमा बनिरहेको छ ।
नेता खनालका अनुसार आफूलाई कुनै निम्तो नभएका कारण वार्तामा नगएको बताएका छन् । तर, वार्तामा जानुअघि माधव नेपालले भने खनालसँग पर्याप्त छलफल गरेको उनी आफैले स्वीकार गरेका छन् ।
त्यसो त प्रधानमन्त्री केपी ओलीले माधव नेपाललाई मात्रै वार्ताबारे जानकारी दिएका थिए । शुरुमा नेता नेपालले भेट अस्वीकार गरे पनि पछि दोस्रो तहका नेताहरुसहित भेटवार्ता गर्ने शर्तमा धुम्बाराही जान पुगेको बताइएको छ ।















प्रतिक्रिया