५ कार्तिक २०८३, बिहिबार

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज फेरि बसेको छ ।

हिजोदेखि शुरु भएको बैठकमा विभिन्न विषयमा छलफल हुने क्रम जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजेपछि बैठक शुरु भएको बताइएको छ ।

आजको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने कार्यसूची रहेको छ । यसअघि, हिजोको बैठकबाट पार्टीको तर्फबाट मन्त्री पदमा रहेका नेताहरूलाई मन्त्री पद त्यागेर फिर्ता हुन पार्टी केन्द्रीय कार्यालयले निर्देशन दिने भन्दै गरेको निर्णयलाई अनुमोदन गरेको थियो ।

अन्य पार्टीमा रहेका केन्द्रीय कमिटीका सदस्यहरूलाई पनि आफ्नो स्थिति सार्वजनिक गर्न दिएको निर्देशनलाई समेत अनुमोदन गर्ने बैठकले निर्णय गरेको थियो ।