
काठमाडौं, २ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी मुख्यालय धुम्बाराहीमा छलफल शुरु भएको छ ।
छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी छन् भने नेपाल पक्ष्का नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल र रघुजी पन्त सहभागी भएको बताइएको छ ।
गएको कात्तिकपछि ओली र नेपालबीच आज पहिलोपटक भेटवार्ता भएको हो ।
भेटवार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नै माधव कुमार नेपाललाई बोलाएको बताइएको छ । शुरुमा नेता नेपालले भेट अस्वीकार गरे पनि पछि दोस्रो तहका नेताहरुसहित भेटवार्ता गर्ने शर्तमा धुम्बाराही जान पुगेको बताइएको छ ।
ओली पक्षले निर्वाचित कमिटीहरू भंग गर्दै महाधिवेशनको मिति समेत तोकेपछि दुई पक्षबीच तिक्तता निकै बढेको छ भने नेपाल पक्षले समानान्तर कमिटीको अभ्यास समेत शुरु गरिसकेको छ ।















प्रतिक्रिया